अपडेट : झापाको बिर्तामोडमा यात्रुबाहक बस दुर्घटना,२ जनाको मृत्यु
झापा । झापाको बिर्तामोड–६ बुट्टाबारीमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
आज बिहान करिब ९:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
थप एकजना घटनास्थलमै मृतक एक पुरुषको शव रहेको प्रहरीले जनाएको छ। मृतकहरुको पहिचान खुलेको छैन् ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरूको उद्धार गरी नजिकैका अस्पतालमा उपचार भइरहेको छ।


