धनकुटाको मुलघाट–नमस्ते झरना आसपास पहिरो,धरान-धनकुटा सडक अवरुद्द
धनकुटा । अविरल वर्षाका कारण धनकुटाको मुलघाट–नमस्ते झरना आसपास पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएका कारण धनकुटातर्फ जाँदै गरेका यात्रुहरू अलपत्र परेका छन्।
धरान–धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध भएपछि बस, जीप र मालबाहक गाडीहरू भेडेटारमै रोकिनु परेको छ।
स्थानीय प्रशासनले जोखिमलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।


