मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट र सोलार पोडवे सहित विभिन्न मेसिन र उपकरण

विराटनगर, २५ कार्तिक । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन ।

मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने , दाई गर्ने , मल ,पानी , छर्ने , जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका हुन।

आइतवार मनोमोहन पोलिटेक्निकका ईलेक्ट्रिक ईन्जिनियरिङतर्फका विद्यार्थीहरुको समुहले बनाएको उक्त्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै डेमो चलाएर प्रर्दशन समेत गरे ।

यसैगरि मनमोहनकै ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोक्स ईन्जिनियरिङतर्फका विद्यार्थीहरुले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरेका छन । उनीहरुले पनि आइतवार उक्त्त सोलार पोडवेको प्रर्दशनमा डेमा सञ्चालन गरेर प्रर्दशन गरे । सोही समुहका विद्यार्थीले बिषादी छर्ने मेसिन पनि बनाएका छन ।

आईटीका विद्यार्थीले बनाएर ब्लड डोनेसन पोर्टल

आइतवार नै सिभिलतर्फका विद्यार्थीहरुले भुकम्प्प रहित पुरानो मोडलको घर , आधुनिक धर्मशाला , मिल्टप्रोपोज कम्पेलेक्स र व्यपारिक मल आदिका ७ वटा डेमो प्रर्दशन गरेका थिए । आइटी विभागका विद्यार्थीहरूले सफ्टवेयरतर्फ पनि प्रदर्शन गरेका थिए त्यसमा रक्तदान गर्न सहयोग पु¥याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइन मार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका सफ्टवेयरहरू प्रदर्शन गरेका थिए। ।

मेकानिकलतर्फका विद्यार्थीहरुले घुमफिर गर्ने होचो अनलोड वोगी (कार) , अटोमेटिक वासिङ मेसिन र अटोमटिक राईस प्लान्टर आदि उपकरणहरुको डेमो प्रर्दशन गरेका थिए ।

मनमोहन पोलिटेक्निकका तीन बर्षे डिप्लोममा पास आउट भएर जाने विद्यार्थीहरुले हरेक बर्ष आफुले बनाएका विभिन्न उपकरणहरु प्रर्दशन गर्दै आएका छन । तर विद्यार्थीहरुले बनाएका उपकरणहरुको व्यवसायिक प्रयोजनामा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्नेगरेको पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले बताए ।

विद्यार्थीहरुले बनाएको उपकरणहरु अवलोकन गर्न विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल , उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी , कार्यकारी महानिर्देशक चुडामणी भट्टराई , कृषी उद्यममा सक्रृय उद्योगी सोमप्रसाद अधिकारीदेखी ईन्जिनिरिङ क्याम्पस धरानका कमप्युटर विभाग प्रमुख मनोज गुराई , प्रदेश सरकार समाजिक विकास मन्त्रालयका कर्मचारी र बुढीगंगा गाउँपालिका जनप्रतिनिधिदेखीसहित सभासद र संरक्षण अधिकृतहरु पनि पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।