आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
काठमाडौ । आज बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको दोषबाट मुक्ति मिल्ने विश्वासमा शतबीज छरिन्छ । ।
मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् ।


