नेकपा एमाजवादीका युवा नेता साह कांग्रेसमा प्रवेश

विराटनगर । नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसहितका दलमा समाहित भएसँगै सो पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको छ ।

कतिपय नेताहरू पुरानै मातृ पार्टी एमालेमा फर्किरहेका छन् भने कतिय अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । यसैक्रममा विराटनगरका चर्चित युवा अभियन्ता विशाल साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका युवा नेतासमेत रहेका साहलाई मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले पार्टीमा स्वागत गरे । संक्षिप्त कार्यक्रममा कोइरालाले साहलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसले मात्रै देश, जनता र लोकतन्त्रको रक्षा गर्न सक्ने देखेर प्रवेश गरेको उनको भनाइ थियो । साहले अब इमान्दारिताका साथ कांग्रेसको संगठन निर्माण लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालमा प्रजातन्त्र स्थापनासँगै हरेक राजनैतिक आन्दोलनको अगुवाई कांग्रेसले गरेको छ । जस्तोसुकै परिस्थितिमा पनि यो पार्टी कहिल्यै विचलित भएको मैले पाइन । कांग्रेस नै यो देशको खास पार्टी रहेछ भन्ने लागेर प्रवेश गरेको हुँ,’ उनले भने, ‘अब मेरो ध्यान कांग्रेसलाई बलियो हुनेछ ।’

विराटनगर महानगरका मेयरसमेत रहेका उपसभापति कोइरालाले विशाल साहजस्ता जुझारु र युवालाई कांग्रेसले सधैं स्वागत गर्ने बताए । कांग्रेस समुद्रजस्तै भएकाले जोसुकै पनि अटाउन सक्ने उनको भनाइ थियो ।

‘कांग्रेस एउटा समुद्र हो । जसरी समुद्रमा हजारौं प्रजातिका जीवहरू अटेका छन् त्यसरी नै कांग्रेसमा पनि युवादेखि ज्येष्ठ नागरिकका साथै सबै जात, धर्म, समुदाय र वर्ग अट्छन्,’ कोइरालाले भने, ‘२००७ साल देखिको इतिहास हेर्ने हो भने राजनैतिक क्रान्तिदेखि आर्थिक विकासमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।’
सो अवसरमा कांग्रेसका युवा नेता हरि भट्टराई, जसवन्त पौडेल, अनिल थापा, कालु श्रेष्ठ, विशाल गिरीलगायत युवाहरूको समेत उपस्थिति रहेको थियो ।

नवप्रवेशी साह यसअघि अनेरास्ववियू विराटनगर महानगर अध्यक्ष, मोरङको इन्चार्ज र सो संगठनको स्थायी कमिटी सदस्य जिम्मेवारीमा थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।