आज विवाह पञ्चमी धूमधामले मनाइदै
जनकपुर । आज विवाह पञ्चमी,जनकपुरधाममा आज राम-सीता विवाह पञ्चमी धूमधामले मनाइदै छ ।
त्रेता युगमा आजकै दिन अयोध्याबाट राजकुमार श्रीराम आएर राजकुमारी सीतासँग जनकपुरधाममा वैदिक विधिअनुसार विवाह गरेको तिथि मानिन्छ ।
परम्पराअनुसार विवाह पञ्चमीको दिन विवाह गर्दा कसैले साईत नहेरी विवाह गर्न सकिने मान्यता छ।


