अन्तिम विकल्प बनेर श्रम संस्कृति आएको छ, यो हर्कको पार्टी होइन, सम्पूर्ण नेपालीको संस्कृति हो : हर्क साम्पाङ

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश नेतृत्वविहीन अवस्थामा पुगेको बताएका छन् । न्याय नभएको र शान्ति सुरक्षा नभएको मुलुक बनेको उनको भनाइ थियो ।

श्रम संस्कृति पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा साम्पाङले राजनीतिक दलका नेता इमान्दार नबन्दा देशको यो हाल बनेको बताएका हुन् ।

‘यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ, सरकार छ कि छैन थाहा छैन । रोजगारी नभएको, न्याय नभएको, कहीँ सुरक्षा नभएको देश बनेको छ । देशमा अभिभावक छैन, नेतृत्व छैन’ साम्पाङले भने ।
अहिलेसम्म आफूहरूले चुनेको नेताले देशलाई सही नेतृत्व दिन नसक्दा मुलुकको बेहाल भएको उनले आरोप लगाए ।

‘अहिलेसम्म चुनेको नेतृत्व कस्ता थिए, गहिरो समीक्षा गर्नुपर्ने बेला आएको छ । नेतृत्वलाई गन्तव्य थाहा छैन, आजसम्म चुनेको नेतामा भिजन थिएन । कसरी अर्थतन्त्र उठाउने भन्ने भिजन थिएन । भिजन र दृष्टिकोणबिनाको नेताले देशलाई कहाँ पुर्‍याउँछ थाहा छैन’, साम्पाङले भने, ‘अन्तिम विकल्प बनेर श्रम संस्कृति आएको छ । यो हर्कको पार्टी होइन, सम्पूर्ण नेपालीको संस्कृति हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖