मोरङ–१ बाट प्रतिनिधि सभा निर्वाचनका लागी प्रत्यक्षतर्फ डिग बहादुर लिम्बु र खड्ग बहादुर फागो सहित ५ को नाम सिफारिस
मोरङ, २२ मसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले नाम सिफारिस गरेको छ।
प्रत्यक्षतर्फ डिग बहादुर लिम्बु र खड्ग बहादुर फागोको नाम सिफारिस गरिएको छ भने महिला तर्फको नाम भने भोलीसम्म टुंगो लगाइने जनाइएको छ।
समानुपातिकतर्फ सिता कार्की र इन्दु चौधरीको नाम अगाडि बढाइएको छ। यसैगरी राष्ट्रिय सभातर्फ ललित अधिकारीको नाम सिफारिस गरिएको छ।
मोरङको लेटाङमा मंसिर २२ गते बसेको क्षेत्रीय समितिको बैठकले यी नामहरू सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय सभापति शखर राईको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसको केन्द्रीय समितिमा नाम सिफारिस गरेको सचिव भीम पोख्रेलले जानकारी दिनुभयो।
कांग्रेस केन्द्रीय समितिले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित बढीमा तीनजनाको नाम सिफारिस गर्न सर्कुलर पठाएको थियो। सोही अनुरूप मोरङ–१ बाट यी नामहरू सिफारिस गरिएको हो।


