असईलाई कान्छी पत्नी बनाएपछि बहुबिवाह मुद्दामा पक्राउ परे डीएसपी मधु नेपाल

काठमाडौ । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् ।

नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।

उनकी जेठी श्रीमती तारा खनाल नेपालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । एसपी क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए ।

प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।