एमाले अजम्बरी : ओली

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको र लोकतन्त्र अजेय रहेको बताएका छन् । पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले एमाले र लोकतन्त्र पर्याय रहेको भन्दै दुवैमाथि बेला बेलामा प्रहार भएपनि दुवै अविचलित रहेको बताएका हुन् ।

ओलीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको पनि चर्चा गरेका थिए । उक्त आन्दोलनको नाममा देशका आधार स्तम्भमाथि प्रहार भएको स्मरण गर्दै उनले भने,‘म सम्झिइरहेको छु, तीन महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू, जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो ।’

उनले एमाले र यसको नेतृत्वविरुद्ध प्रहार भएको भएपनि जनता एमालेको साथमा रहेको कुरा आजको उपस्थितिले पनि पुष्टि गरेको बताए । उनले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज सल्लाघारीमा जनसागर उर्लिएको बताए । उनले भने,‘म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।