लेटाङमा खोले पकाउने क्रममा आगलागी, गोठमा क्षति

लेटाङ, ४ पुष । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी देउजेका निवासी मोहन चापागाईको गोठमा आज बिहान आगलागी भएको छ।

खोले पकाउने क्रममा एक्कासी आगो सल्कँदा गोठमा भण्डारण गरिएको पराल जलेर नष्ट भएको हो।

लेटाङ नगरपालिकाको दमकल तथा स्थानीयवासीहरूको सक्रिय प्रयासले आगलागी फैलिन नपाउँदै नियन्त्रणमा ल्याइएको स्थानीय समाजसेवी मिना श्रेष्ठ लिम्बुले जानकारी दिनुभयो। उहाँका अनुसार समयमै गरिएको उद्धारका कारण थप ठूलो क्षति हुनबाट जोगिएको छ।

हाल आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने कुनै मानवीय क्षति नभएको जनाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।