हिरो खोज्दै गायिका एलिना चौहान (भिडियो सहित)
धनकुटा । टिन्ज क्रृउ डान्स सेन्टरको प्रस्तुति रहेको गीतकार बिष्णु बिक्रम निरौलाको शब्द रचनामा ‘क्या हिरो भएछ’ गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।
सुमन योगीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ । गीतमा संगीत यम के निरौला,एरेन्ज/मास्टरिंग बिशाल निरौला र सम्पादन सन्तोष राना मगरको रहेको छ ।
गीतमा सुमन योगी,सुबानी राई,प्रीति गोले,पूजा लिम्बुले अभिनय गरेका छन् ।
भिडियो कोरियोग्राफ तथा निर्देशन तेज मगरले गरेका हुन् ।


