लेटाङमा बसले ठक्कर दिएका जाँतेका थापाको उपचारका क्रममा मृत्यु
लेटाङ। मदन भण्डारी राजमार्ग अन्तर्गत लेटाङ ५ थापा चौक अगाडि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ ९ जाँते का ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा निधन भएको छ।
प्र। १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ बसले ठक्कर दिँदा थापा गम्भीर रूपमा घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार भइरहेकै बेला उनको निधन भएको बताईएको छ। दुर्घटनासम्बन्धी थप विवरण र कानुनी प्रक्रियाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

