प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा आयोजित प्रथम मागेमेला गोल्डकपमा वि.सि.एस. मेमोरियल युवा क्लब सावादिन र ड्रिम बोइज एफ. सि. धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न भएको क्वाटर फाइनल खेलमा सावादिनले नाम्थोक युवा क्लब पाँचथरलाई र धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार भएको पहिलो खेलमा सावदीनले पाँचरलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यता शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा धनकुटाले तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो सँगै सावादिनले अब शनिबार हुने अन्तिम क्वाटर फाइनल खेलका विजेता सँग भेट पक्का गरेको छ । शनिबार लालीगुँरास स्पोर्टिङ क्लब र कन्काई स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुँदै छ ।

यस्तै धनकुटाले सेमिफाइनलमा आयोजक सिँवा स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । विहीबार भएको उद्‌घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो । फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिंवा बजारमा माघेमेला सञ्चालन समितिद्वारा माघ १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल माघ ५ गने हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद १ लाख ७५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो । विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।