ओलीको क्षेत्र झापा ५ श्रम संस्कृति पार्टीले पठायो समिर तामाङलाई

सुनसरी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा–५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवार बनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङलाई झापा–५ को उम्मेदवारका रूपमा सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन्।

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा परिचित छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बन्ने चर्चासमेत चलिरहेकाले चुनावी चासो अझ बढेको छ। यस्तो अवस्थामा श्रम संस्कृति पार्टीले उम्मेदवार घोषणा गरेसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

धरान–११ निवासी समिर तामाङ विगत सात–आठ वर्षदेखि हर्क साम्पाङसँग सहकर्मीका रूपमा काम गर्दै आएका छन्। उनले २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवारी दिएका थिए। सुनसरी क्षेत्र नम्बर १ को ‘क’ बाट लाल्टिन चुनाव चिन्ह लिएर चुनाव लडेका तामाङले त्यसबेला ४ हजार ४६३ मत प्राप्त गरेका थिए।

श्रम संस्कृति पार्टीले झापा–५ बाट तामाङलाई उम्मेदवार बनाएसँगै यस क्षेत्रको चुनावी समीकरणमा नयाँ शक्ति थपिएको छ। आगामी निर्वाचनमा तामाङले कस्तो प्रभाव पार्छन् भन्ने विषयले राजनीतिक वृत्तमा थप चासो बढाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।