उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेको छ। सोही कारण उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन सचिवालय बैठक बोलाइएको हो। यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा प्रदेश समितिले उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भइसकेको बताइएको छ। हालसम्म कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने तयारी गरेको छ।

शाहीका अनुसार दुर्गम भेगमा रहेका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न समय लाग्ने भएकाले समयमै उम्मेदवारी टुंग्याउन लागिएको हो। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।