झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला
झापा । झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार प्रहरीले फेला पारेको छ।
शुक्रबार बिहान दमक नगरपालिका वडा नं। १ स्थित सुकुम्बासी बस्तीमा रहेको डेकबहादुर थापाको घरबाट उक्त हतियार बरामद गरिएको हो।
झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अझै १५ थान हतियार फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


