नेकपाले सुनसरी–१ मा धरान १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने
सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति पार्टीबाट चुनाव लड्दैछन् । धरानको मेयरमा स्वतन्त्र जितेका साम्पाङका कतिपय निर्णयका विरुद्धमा वडाध्यक्ष भट्टराई वकालत गर्दै आएका थिए ।
धरानका नेकपा नेता चोत्लुङले गहन परामर्श पश्चात् सुनसरी–१ निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट धरान–१७ का वडा अध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निष्कर्षमा पुगिएको बताए ।


