मोरंगबाट जुवा तास खेल्दै गरेका ४ जुवाडे पक्राउ
सुन्दरहरैंचा । ईलाका प्रहरी कार्यालय बेलबारीले जुवा तास खेल्दै गरेका चार जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा ५ बस्ने इन्द्र आचार्य, कटहरी १ बस्ने सोनालाल राजवंशी, सुनसरी इटहरी ९ बस्ने किशोर शाह र भोजपु घर भई हाल धरान बस्दै आएका हेमन्त राई रहेका छन ।
प्रहरीले उनिहरुको साथबाट नगद ३ लाख १३ हजार, जुवा खालमा १६ थान कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।


