नेकपाले कोशीमा लगायो ९ जना उम्मेद्वारको टुंगो

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेशमा ९ जनाको उम्मेद्वारी टुंगो लगाएको छ । जसमध्ये कतिपयलाई टिकट वितरण गरिसकेको छ ।

नेकपाका नेता हरिबोल गजुरेल सितलकुमारका अनुसार झापा ५ मा रञ्जित तामाङ, भोजपुरमा अजम्बर काङमाङ राई, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी र पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो)को नाम टुंग्याएको बताए । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले टिकट हस्तान्तरण गरिसकेका छन् ।

यस्तै नेकपाले सुनसरी १ मा मनोज भट्टराई, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेको नाममा अन्तिम टुंगो लगाएको छ ।

टिकट वितरणको काम भने आइतबार दिनभरमा सकिने गजुरेलको भनाइ छ । यस्तै झापा १ मा अशेष घिमिरेको नाम नेकपाले टुंग्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।