मोरङको सुनबर्सीबाट १ सय ५५ केजी गाँजा बरामद

मोरङ । सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले मोरङ जिल्लाको सुनबर्सी नगरपालिका–८ स्थित लक्ष्मीथान क्षेत्रबाट करिब १५० देखि १५५ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ।

२०८२ साल माघ २ गते राति करिब ११ः५५ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पाँच जना व्यक्तिले टाउकोमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको पाँच बोरा गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीलाई देख्नासाथ गाँजा बोकेका व्यक्तिहरू फरार भएका थिए।

सुरक्षा सीमा गुल्म बडाङ्गाको निर्देशन तथा समन्वयमा उक्त गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा सशस्त्र प्रहरी उपनिरीक्षक बिधुर भट्टराईमार्फत इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी नायब निरीक्षक सदानन्द यादवको टोलीलाई जिम्मा लगाइएको छ।

घटनाका सम्बन्धमा फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।