भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन आजदेखि पूर्ण रूपमा रास्वपामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यालयमा प्रवेश गर्दैछन्। दिउँसो १ बजे उनी बनस्थलीस्थित घण्टीघर पुग्ने कार्यक्रम तय भएको छ। यससँगै उनी पार्टीका गतिविधिमा प्रत्यक्ष रूपमा सक्रिय हुन थालेका छन्।

गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए र उनलाई पार्टीको दोस्रो वरीयतामा रहनेगरी वरिष्ठ नेता तोकिएको थियो। तर, काठमाडौं महानगरपालिकाको मेयरको जिम्मेवारीमा रहेकाले उनले यसअघिसम्म पार्टीका बैठक तथा गतिविधिमा सहभागिता जनाएका थिएनन् र औपचारिक प्रवेश पनि भएको थिएन।

आज बालेन पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन्। उक्त बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकपछि आजै साँझ ५ बजे पार्टी सभापति रवि लामिछाने र बालेनसहितको टोली चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले बालेन साहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।