मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु
उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आज मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो ।


