बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित अदुवाखोला पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

गत माघ ३ गते राति करिब १०:५० बजे लक्ष्मीपुरबाट मुक्तिचोकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प १९०४ नम्बरको मोटरसाइकलले वनस्टप मलबाट अदुवाखोलातर्फ जाँदै गरेको मे.१ ह ३७२१ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. ३ निवासी अन्दाजी २४ वर्षका निरज कार्की र पछाडि सवार दमक निवासी अन्दाजी २२ वर्षीया सुजाता बुढाथोकी गम्भीर घाइते भएका थिए। दुवैको टाउकोमा चोट लागेको र तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा मिति २०८२ साल माघ ५ गते बिहान करिब ४:०० बजे सुजाता बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिइएको छ। अटो चालक अर्जुनधारा नगरपालिका वडा नं. ६ निवासी अन्दाजी ३४ वर्षका खेमराज खड्का र मोटरसाइकल चालक निरज कार्कीलाई सामान्य उपचारपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।