दुगडको जन्म दिनमा हिलेमा वृहत रक्तदान कार्यक्रम
धनकुटा । विवेक अटो मोबाइल्स प्रा. लि. का अध्यक्ष श्रीमान् मोतिलाल दुगडको ८०औँ जन्मजयन्तीको अवसरमा धनकुटा जिल्लाको हिले–१ स्थित जोन डिएर ट्याक्टर सोरुममा वृहत् रक्तदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा विवेक अटो मोबाइल्स हिले शाखा तथा खाँदबारी कार्यालयका कर्मचारीहरू, साथै हिले बजार क्षेत्रमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा २६ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका हिले शाखाका शाखा प्रबन्धक निर्मल भण्डारीले जानकारी दिनु भयो ।
मानवीय सेवाका रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी धरान शाखाले प्राविधिक तथा व्यवस्थापन सहयोग प्रदान गरेको थियो ।
आयोजक संस्थाले रक्तदानजस्तो जीवनदायी कार्यमा सहभागी सबै रक्तदाताहरू तथा सहयोगी निकायप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।



