ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी

ताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस पार्टीको तर्फबाट ताप्लेजुङमा गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेद्धवारी पक्का भएको छ । सोमबार काँग्रेसका सभापति गगन थापाले नेताहरुसँगको छलफलपछि ताप्लेजुङमा तुम्याहाङलाई टिकट दिएसँगै उम्मेद्धवारी पक्का भएको हो ।

विशेष महाधिवेशनको विवादले काँग्रेसमा आन्तरिक द्धन्द्धका बिच नेताहरु उम्मेद्धवारी टुङ्ग्याउन जुटेका छन् । काँगे्रसले आज ताप्लेजुङ सहित १७ निर्वाचन क्षेत्रमा उम्मेद्धवारीको टुङ्गो लगाएको छ ।

ताप्लेजुङबाट तुम्याहाङको नाम एकल सिफारिस भएको थियो । यस अघि नेपका एमोलको तर्फबाट क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट खेल प्रसाद बुढाक्षेत्री पराग, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ईन्जिनियर वीरेन्द्र श्रेष्ठको उम्मेद्धवारी टुङ्गो लागेको छ ।

यो सँगै प्रतिनीधिसभा निर्वाचनमा ताप्लेजुङमा भने एउटै सिरिजंघा गाउँपालिकाका उम्मेदवार बिच नै प्रतिस्पर्धा हुने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖