सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः एमाले अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताउनुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारी, नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सुरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनुभयो ।

देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– स्वयं तपाईं पत्रकारहरूले नै सेल्फ सेन्सरसीप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायाधीशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन आयोग त्रासदीमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाउँ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनल काम गर्नेहरूको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।

अध्यक्ष ओलीले झापाको प्रहरी प्रमुख फेरिएको सन्दर्भ औल्याउँदै भन्नुभयो– म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीबाट निष्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?

झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आउनुभएका पूर्व प्रधानमन्त्री ओलीले झापामा भएका विकासका कामहरू हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गर्नुभयो ।

‘हामी यहाँबाट जनप्रतिनिधिका रूपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य सबै कामहरू भएका छन् । यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यवसायहरू भएका छन् । विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ । कृषिको आधुनिकीकरण, उद्योगहरू बनाउँदै लाने अन्तिम तयारीमा छौं । यहाँको योजनाले धेरै रोजगारीको सिर्जना गर्नका लागि यान्त्रीकरण गरिरहेका छौं, अध्यक्ष ओलीले भन्नुभयो ।

‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन् । बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं । झापामा घर पातला भए, बाटा बाक्लो भए । बाटा सफा छन् । हुन त फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सक्छन्’, उहाँले भन्नुभयो– ‘आधारभूत विकासको काम भएका छन् । विकास निरन्तर हुने चिज हो । शिक्षाको हकमा उत्तरतिर भएको छ । दक्षिणतिर शिक्षामा बढी जोड दिनुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।