काँग्रेसबाट सुनसरीमा तामाङ,कोईराला,गच्छदार र कार्की उम्मेदवार

सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।

सुनसरी क्षेत्र नं। १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ काँग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् ।

क्षेत्र नं। २ मा काँग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोसी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २९२० मा पराजित भएका थिए । शेखर कोइराला समूहका उनी काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

सुनसरी क्षेत्र नंं। ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई काँग्रेसले उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौं पटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भएपनि काँग्रेसले बेदलाई टिकट दिएको हो ।

बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगजती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा बिजय गच्छदारलाई पराजित गरेकी थिइन् ।

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनी शेरबहादुर देउवा पक्षका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।