धनकुटाका एक जना प्रतिबन्धित औषधी सहित धरानबाट पक्राउ
धनकुटा । धनकुटाका एक जना प्रतिबन्धित औषधी सहित सुनसरीबाट पक्राउ गरेको छ ।
धनकुटाका बुद्व तामाङलाई ३०० पिस प्रतिबन्धित औषधी सहित सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-२ स्थितबाट पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


