मोटरसाइकलमा लोडेड बन्दुक बोकेर हिडिरहेका थिए काभ्रेका सुजन पाँचखालमा समातिए
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नौबिसेस्थित खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पाँचखाल नगरपालिका वडा नं. १ बस्ने ३२ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, २०८२ माघ १ गते बेलुका अन्दाजी ४:३० बजेको समयमा सुजन तामाङ मण्डनदेउपुर न.पा. वडा नं. ३ नयाँगाउँबाट हिगुवापाटी बजारतर्फ बाग्मती प्रदेश ०३-००७ प ९२९७ नम्बरको मोटरसाइकलमा आइरहेका थिए। शंका लागेर चेकजाँच गर्दा उनले लुकाई छिपाई ल्याएको १ थान लोड गरिएको भरुवा बन्दुक फेला परेको थियो।


