मोरङ १ मा १८ जनाको उम्मेद्वारी दर्ता
मोरंग । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै मोरङ क्षेत्र नं. १ मा चुनावी चहलपहल सुरु भएको छ । उर्लाबारी नगरपालिकामा रहेको यस क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न १३ राजनीतिक दल र ५ जना स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
उम्मेद्वारी दर्ता गराउनेमा नेकपा (एमाले) बाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली काँग्रेसबाट प्रदेश सह-महामन्त्री खड्गबहादुर फागो, नेपाली कम्युनिष्ट पार्टीबाट केन्द्रीय सदस्य कुशल लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यज्ञमणि न्यौपाने, नेकपा (माओवादी) बाट डिल्लीराम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्णबहादुर वाइबा, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, जनता समाजवादी पार्टी नेपालबाट दुर्गाप्रसाद दर्लामी, नेपाल जनमुक्ति पार्टीबाट फिवराज लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू उम्मेद्वार बनेका छन् ।
यस्तै, यामप्रसाद दाहाल, मिलन भण्डारी, प्रेम वर्देवा, पशुपति घिमिरे र इशोर वाग्लेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको छ ।
मोरङ क्षेत्र नम्बर १ मा १ लाख २८ हजार ५ सय ४५ जना मतदाता रहेका छन् ।


