झापामा घर नजिकैको करेसाबारीमा भेटियो एक महिलाको शव

झापा । बाह्रदशी गाउँपालिका–५ बुधबारे बस्ने चन्द्र योङहाङकी ६० वर्षीया श्रीमती बुद्धमाया योङहाङ आफ्नै घर नजिकैको करेसाबारीमा मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धमाया आफ्नै घर छेउको करेसाबारीमा मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी फूलवारीबाट प्रहरी नायब निरीक्षक श्रवण राजवंशीको टोली तत्काल घटनास्थल खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमाण्डमा एसओसीओ टोलीसहित पाँच जनाको विशेष टोली समेत खटाइएको प्रहरीले जनाएको छ। मृतकका माइती पक्षलाई पनि घटनाबारे जानकारी गराइसकिएको छ।

स्थानीयका अनुसार बुद्धमाया योङहाङ अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि आज विहान प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।