विराटनगरबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

मोरङ, ७ माघ । मोरङको विराटनगर महानगरपालिका-४ नहर सडकको छेउबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को. ३७ प ३३६६ नम्बरको मोटरसाईकलमा शंकास्पद गतिबिधि गरी रहेका सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-५ का ३५ बर्षीय सुदिन मन्सुरीलाई चेकजाँचमा गर्दा ज्याकेटमा लुकाई छिपाई राखेको १ सय ४० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको थियो ।

मन्सुरीलाई पक्राउ गरे संगै कारोबारमा संलग्न इटहरी-५ का ५० बर्षीय रोहित कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको सहकार्यमा कार्कीकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाईट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३३६ क्यापसुल फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।