कोशीमा लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, माघ ०७ गते । झापा, मोरङ उदयपुर र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ स्थितबाट सोहि स्थानका मिसन राई, बिकाश राई र उमेश राईलाई १ सय ४३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका-६ स्थितबाट गौरादह-५ का अमिर बास्कोटालाई ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले मोरङको सुनसरीको दुहवी-६ का रोहित शर्मालाई प्रतिबन्धित औषधी ७ बोतल सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै इलाका प्रहरी कार्यालय छिटाहा सुनसरीले गढी गाउँपालिका-६ स्थितमा चेकजाँचको क्रममा बा. २७ प १७६६ नम्बरको मोटरसाईकलमा राखेर लैजादै गरेको ३५ किलो ८०० ग्राम गाँजा बरामद गरेसंगै गढी गाउँपालिका-२ का अतिम मियाँ र इन्तियाज मियाँलाई पक्राउ गरेको हो ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖