विराटनगरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट बुधबार दिउँसो १ जना वृद्धा महिलाको मृत्यु भएको छ ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा दिउँसो ३ः१५ बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिँदा विराटनगर–४ की ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । क्षतविक्षत अवस्थामा रहेको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

बस र चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।