हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन :एमाले अध्यक्ष ओली
काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले अझै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने आदेश दिएका छन् ।
उत्रिनु भनेपछि उत्रिनुपर्ने हुनसक्छ तयार रहनु च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । हामी आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति बनेको छैन उनले भनेका छन् ।
उनले हिजो आफूलाई झापाबाट फर्किँदा विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरेर हैरान पारेको बताए। उनले भने, ‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ।
विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे। उनले सरकार आफूहरूलाई दुख दिने र अपमान गर्नतिर लागिरहेको बताए।


