प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै मोरङ फाइनलमा

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगितामा मोरङ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

मोरङले विहिबार भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रुपमा फाइनलमा प्रवेश गरेको छ । मोरङले खेलेको २ खेलमै विजयी हुँदै ४ अंककासाथ शिर्ष सथानमा छ भने झापा दोस्रो र सुनसरी तेस्रोमा रहेको छ । शुक्रबार झापा र सुनसरीविचको विजेतासँग शनिबार मोरङले फाइनल खेल खेल्ने छ ।

टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव १ बलमा सवै विकेट गुमाई ८४ रनको झिनो योगफल तयार पारेको थियो । झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा किफायती बलिङ गर्दै १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा कप्तान दिपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले १–१ विकेट लिए ।

८५ रनको झिनो लक्ष्य पाएको मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । मोरङका कप्तान दिपेश कँडेले अविजित ३१ रन जोड्दा पृतिक कामतले अविजित २९ रन बनाए । झापाका विपिनकुमार महतोले ३ विकेट लिँदा आयुस न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।