अपडेट : धनकुटामा बस दुर्घटना हुंदा ६ जना घाइते(नामावली सहित)

धनकुटा,१६ माघ । धनकुटामा बस दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।

आज दिनको करिब ११:४५ बजे धनकुटा नगरुाविका १ हिले त्रिशुले स्थित कोशी लोगमार्ग सडक खण्डमा तेह्रथुमबाट धरानतर्फ जादै गरेको को १ ख ५१०५ नं.को मनिषा ट्राभल्स बस आफै अनियन्त्रीत भई सडक छेउमा पल्टि दुर्घटना भएको हो ।

घाइतेहरुमा तेह्रथुमको लालीगुँरास नपा २ बस्ने बर्ष ५३ को रेवान्त कुमार कामी ,छथर गापा ४ बस्ने बर्ष २३ को रबिन लिम्बु,बर्ष २२ को राज लिम्बु ,धनकुटा छथरजोरपाटी गापा ५ बस्ने बर्ष २८ कुमुना रुचाल,निजको छोरी बर्ष ५ कि निक्खि रुचाल र धरान उपमनपा ५ बस्ने बर्ष ४७ कि चन्द्रकला लिम्बु रहेका छन् ।

बसमा अन्दाजी १५ जना सवार रहेकोमा ६ जना घाईते भई तत्काल उपचारको लागि धनकुटा नपा १ हिले उज्यालो सामुदायिक पोलिकिल्लिनिकमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

बस चालक सुनसरीको धरान उपमनपा ७ बस्ने बर्ष ४५को विष्णु थापा हिले प्रहरी चौकीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।