हिसान क्रिकेटको उपाधि कान्तिपुर कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ ।

जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो । टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४६ रनकोे विशाल योगफल तयार पारेको थियो । शिक्षादिपका टेकनारायण मण्डलले २५ बनाउँदा सत्यमकुमार सडामले २१ रन,शिवम झाले १९ रन र इरफान आलमले अविजित १५ रनको योगदान दिए । कान्तिपुरका सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट तथा सिताराम कामत र अरविन्द मण्डलले १–१ विकेट लिए ।

१ सय ४७ रनका विशाल लक्ष्य पाएको कान्तिपुरले १६ दशमलव ४ बलमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । कान्तिपुरका मोनु दासले ६० रन बनाउँदा सिताराम कामतले अविजित ४७ रन बनाए । कामत खेलको प्लेयर अफ फाइनल घाषित समेत भए । शिक्षादिपका रोहनकुमार राँयले २ विकेट लिँदासुदिप यादवले पनि २ विकेट लिए ।

हिसान फुटबल ः छात्रातर्फ अर्किड र रेडस्टार छात्रतर्फ शिक्षा सन्देश र रेडस्टार फाइनलमा प्रवेश

विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान फुटबल अन्तरगत छात्रातर्फ अर्किड र रेडस्टार तथा छात्रतर्फ शिक्षा सन्देश र रेटस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।

शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा अर्किड कलेजले जेभिर्यस कलेजलाई पेनाल्टी सुट आउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । प्लेयर अफ म्याच अर्किडकी सुस्मिता बस्नेत घोषित भइन् ।

दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ म्याच सलिजा राईले २ गोल गरिन भने सुहाना राईले २ गोल तथा स्मृती राई र निसा लिम्बुले १–१ गरिन् ।

छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले कान्तिपुर कलेजलाई सडनदेथमा ६–५ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेले पछि खेल पेनाल्टीसुट आउटमा गएको थियो । पेनाल्टीसुट आउटमा पनि ५–५ गोलले बराबरी भएपछि खेलको निर्णय सडनदेथबाट भएको हो । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मनिष भुजेल घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले भानु कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा प्लेयर अफ द म्याच सौगात राई र सदानन्द मास्कीले १–१ गोल गरे ।

भलिबलछात्रतर्फ राष्ट्र निमार्ण र कान्तिपुर छात्रातर्फ राष्ट्र निमार्ण र रेस्टार फाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान भलिबलमा छात्रतर्फ राष्ट्र निमार्ण कलेज र कान्तिपुर कलेज तथा छात्रातर्फ राष्ट्र निमार्ण र रेडस्टार कलेज विजयी भएका छन् ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको छात्रतर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले बुद्ध कलेजलाई २५–२० र २५–१९ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णका चन्द्र श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले विकेभिएम कलेजलाई १८–२५, २५–२० र २७–२५ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कृष थारु घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा राष्ट्र निमार्ण कलेजले अरनिको कलेजलाई २५–१४ र २५–१४ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट निमार्णकी मनिषा तामाङ घोषित भइन् ।

दोस्रोे खेलमा रेडस्टार कलेजले शिक्षादिप कलेजलाई २५–२ र २५–६ को सोझो सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी आस्मा लिम्बु घोषित भइन् ।

कवडीमा ग्रिनल्याण्ड र कान्तिपुर फाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान कवडीमा ग्रिनल्याण्ड र कान्तिपुर कलेज विजयी भएका छन् ।

दिल्ली पब्लििक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले अर्किड कलेजलाई ४६–४४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई ४६–२७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।