मोरंगको लेटाङमा आगलागी, मिल घर र भैँसीको गोठ जलेर नष्ट
मोरंग । मोरंगको लेटाङ नगरपालिका–स्थित कमलपुरमा आज दिउँसो करिब १:३० बजे आगलागी भएको छ। नैन केशर राईको मिल घर र भैँसीको गोठमा अचानक आगलागी हुँदा दुवै संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागी भएको जानकारी पाउनासाथ लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकाका दमकल घटनास्थलमा पुगेका थिए। स्थानीयको सहयोगसहित दमकलको प्रयासबाट आगो नियन्त्रणमा लिइएको जनाइएको छ। यद्यपि आगो नियन्त्रणमा आउँदासम्म मिल घर र भैँसीको गोठ पूर्ण रूपमा क्षति भइसकेको थियो।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

