कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा

काठमाडौ । काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज सञ्चालनमा ल्याएको हो ।

सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले जानकारी दिइन् । यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार पारिएको छ ।

‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ । नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन् । हामीले लन्च गरेको एकवर्षे कोर्सले युथहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी आफ्नो सपना पूरा गर्न मद्दत पुर्‍याउँछ भन्ने हो,’ चौलागाईंले रातोपाटीसँग भनिन्, ‘फेसन कलेज हाम्रो ड्रिम प्रोजेक्ट हो । युवाहरूको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्य पनि हो ।

फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रपिङ एन्ड स्टिचिङ, स्टाइलिङ लगायत छुट्टाछुट्टै कोर्स तयार पारिएको छ । त्यसका लागि उत्कृष्ट शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षा लिनेछन् । यो कोर्स अध्ययन गर्ने विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट र प्याटर्न मेकरको रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईं बताइन् । ‘अहिले नेपालीहरूमा फेसन सेन्स निकै बढेको छ । सेलेब्रिटी कलाकार मात्रै होइन, नेतादेखि सर्वसाधारणसम्मलाई राम्रो र स्मार्ट देखिने चाहना बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पनि फेसन डिजाइनिङको क्षेत्रमा करिअर कति फराकिलो छ भन्ने देखाउँछ ।’

चौलागाईंले कोटेश्वरमै आठ वर्षदेखि ‘भ्यालेन्टिनो द बुटिक’ सञ्चालन गरिरहेकी छिन् । उनले डिजाइन गरेका पहिरनहरू र्‍याम्प, नेपाली फिल्म र म्युजिक भिडियोमा निकै रूचाइएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।