सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ? : हर्क साम्पाङ
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकारी पीडितको विषयमा प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ‘घण्टी पार्टी’ भनेर चिनिने रास्वपाले सहकारी पीडितका लागि के कस्ता एजेण्डा अघि सारेको छ भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्।
सहकारी क्षेत्रमा देखिएका समस्या र पीडितको न्यायका विषयमा राजनीतिक दलको स्पष्ट धारणा आवश्यक रहेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘घण्टी पार्टीले सहकारी पीडितको बारेमा के एजेण्डा अघि सारेको छ ?’
विशेषगरी साम्पाङले यसअघि पनि रास्वपा लक्षित टिप्पणी गर्दै आएका छन्।


