चन्द्र जयपाल राईको शब्दमा ‘बाबियो डोरी’ सार्वजनिक

विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश राई र मेनुका राईले आवाज दिएका छन् । गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन गरेका हुन् ।

गीतको संगीत संयोजन देवेश राईले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङको काम किशोर थापाले गरेका छन् । गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी उमेश राई (फुलान्देको आमा) ले गरेका छन् । निर्माण व्यवस्थापन भोगेन्द्र याम्फुले सम्हालेका छन् भने निर्माता शिखर राई रहेका छन् ।

भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् भने सम्पादन अनिल राणाले गरेका छन् । गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । मौलिक शब्द, आकर्षक संगीत तथा उत्कृष्ट अभिनयका कारण ‘बाबियो डोरी’ नेपाली लोकसंगीत प्रेमीमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖