विजय वाम्बुले राईको ‘मेरो खुशी’ सार्वजनिक

हिराराज राई, धनकुटा । युवा गायक, संगीतकार तथा गीतकार विजय वाम्बुले राईको नयाँ आधुनिक तथा रोमान्टिक गीत ‘मेरो खुशी’ सार्वजनिक भएको छ।

गीतमा शब्द तथा संगीत विजय वाम्बुले राईको रहेको छ। भारतको दार्जिलिङ मिरिककी प्रतिभाशाली गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकी छीन्। उनी नेपालको चर्चित रियालिटी शो The Voice of Nepal को सिजन ३ मा नकआउट चरणसम्म पुगेकी थिइन। साथै धरान-११ निवासी गायक भक्त राज कालिकोटेको स्वर रहेको छ, हाल मलेसियामा कार्यरत छन्।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। गीतलाई R Studio Kurseong India, RF Studio Malaysia र King Studio KTM गरी तीन फरक स्टुडियोमा रेकर्ड गरिएको छ।

रेलैको इन्जिन, तिम्रै लाग्छ माया, किराँती हामी र ख्याल ठट्टा पाराले लगायतका गीतमार्फत दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेका विजय वाम्बुले राईले ‘मेरो खुशी’ मार्फत फेरि एकपटक आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका छन्। गीतमा प्रेम, भावना र आत्मीयतालाई आधुनिक संगीत शैलीमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ, भने गीतलाई BRKProductionmusic YouTube च्यानल मार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।