विराटनगरमा जारी छैठौं ‘मिल्स गोल्डकप’ सडन डेथमा झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा

विराटनगर । उदयपुरको ब्रदरहुड फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उदयपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा दुवै टोलीबाट ५–५ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा उदयपुरका कविन्द्र धिमालले गोल गर्दा झापाका निगम घिसिङको प्रहार पोस्ट बाहिरिएको थियो ।

टाइब्रेकरमा उदयपुरका निवास फुयाल, सविन घिमिरे, सञ्जय धिमाल, निश्चल मुक्ताङ र विदेशी खेलाडी फोफोनाले गोल गरे । झापाका तर्फबाट बाबुराम थारु, आशिष चापागाईं, आदित्य बानियाँ, सञ्जय लिम्बू र रोहन कार्कीले गोल गरे पनि निगम चुक्दा टोली प्रतियोगिताबाट बाहिरियो ।

खेलको म्यान अफ द म्याच उदयपुरका निश्चल मुक्ताङ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

यसअघि प्रतिस्पर्धात्मक खेलको १४ औँ मिनेटमा हेमन लिम्बूको गोलबाट झापाले सुरुवाती अग्रता लिएको थियो । सञ्जय लिम्बूले उपलब्ध गराएको क्रस पासलाई सदुपयोग गर्दै हेमनले बललाई जाली चुमाएका थिए । सुरुवाती अग्रता जोगाउन नसक्दा झापा स्तब्ध बन्यो । खेलको ६४ औँ मिनेटमा उदयपुरका सञ्जय धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलभरि दुवै टोलीले गोलका थुप्रै अवसरहरू गुमाएका थिए । १७ औँ मिनेटमा उदयपुरका कविन्द्र लिम्बूको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । लगत्तै उदयपुरका फोफनाको शक्तिशाली प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले खेलकुदको माध्यमबाट विराटनगरको ऐतिहासिक पहिचान जोगाउन मिल्स गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता छ । २०७७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताको विजेताले २ लाख १ हजार १११ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय र अन्य विधाका विजेतालाई ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार लेटाङ फुटबल क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।