आज देशभरका भन्सारमा जाँचपास बन्द हुने

काठमाडौं, १५ जेठ । बजेट सार्वजनिक हुने दिन जेठ १५ अर्थात देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ ।
 
भन्सार विभागले एक सर्कुलर जारी गर्दै मातहतका सबै भन्सार कार्यालयहरूलाई शुक्रबार यात्रु जाँचपास बाहेकका अन्य व्यापारिक मालवस्तुको जाँचपास रोक्न निर्देशन दिएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने दिन करका दरहरूमा हेरफेर हुने भएकाले विभागले यस्तो सर्कुलर गरेको हो।
 
विभागका अनुसार जेठ १४ गते सम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्रै जाँचपास गरिसकिएकाे छ । तर, बाँकी रहेमा ती वस्तुहरूमा नयाँ बजेट (आर्थिक विधेयक २०८३) ले तोकेको नयाँ करको दर लागू हुनेछ ।

जेठ १६ गते अर्थात शनिबारबाट भने भन्सार जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ मार्फत भएका परिवर्तनहरू भन्सारको आसिकुडा प्रणालीमा अद्यावधिक भए नभएको यकिन गरेर मात्र जाँचपास गर्न विभागले निर्देशन दिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।