प्रधानमन्त्रीको भनाईले भारतीय विस्तारवादलाई सहयोग पुग्योः नेकपा माओवादी

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा संसदमा दिएको बिबादस्पद अभिव्यक्तिको बिरोध जनाएको छ । 

 
पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्मा प्रकाण्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता विरुद्ध रहेकोसमेत जनाएका छन् ।

 

हिजो अर्थात जेठ १७ गते संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्ति आपत्तिजनक र खेदजनक रहेको प्रकाण्डद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

माओवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतका दर्जनौं नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले भारतीय विस्तारवादलाई सहयोग पुगेकाे आरोप लगाएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त कदमलाई नवदलाल पुँजीवादी र राष्ट्रघाती चरित्रको संज्ञा दिँदै मााओवादीले यसले आम देशभक्त नेपालीको भावनामा चोट पुर्‍याएको उल्लेख गरिएको छ। 

प्रधानमन्त्रीको यस अभिव्यक्तिको सशक्त प्रतिवाद गर्न भन्दै पार्टीले आजै साँझ ७ बजे देशभर मशाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।