प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न

बाल्टिमोर (अमेरिका) । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरद राज आर्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी र ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रमको संयोजन सुशील पंगेनी र अमृता नेपालले गर्नुभएको थियो। नेपाली भाषामा गरिएको आत्मीय सञ्चालन र व्यवस्थापनले दर्शकको प्रशंसा बटुलेको थियो।

प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल विजेता बने। उत्कृष्ट प्रदर्शन गर्ने अन्य १० जना बालप्रतिभालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार, गीतकार तथा साहित्यकारहरूको निर्णायक मण्डल रहेको थियो। आयोजकका अनुसार सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, मायाको चिनो र नगद पुरस्कार प्रदान गरिएको थियो भने विजेतालाई ५०० डलरसम्म पुरस्कार वितरण गरिएको थियो।

यसै अवसरमा इनास मेरिल्यान्डले “इनास कला केन्द्र” स्थापना गर्ने घोषणा गरेको छ। कला केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा तथा जुम्बा कक्षा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सफल बनाउन अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा INAS Maryland को सम्पूर्ण टिम सक्रिय रूपमा खटिएको थियो। सचिव प्रकाश कँडेल, बरिस्ट-उपाध्यक्ष राजु ढुङ्गेल, बाध्यवादन संयोजक खिम मस्राङि मगर कोषाध्यक्ष स्वरुपा रसाइली लगायत सम्पूर्ण पदाधिकारी, स्वयंसेवक तथा कलाकारहरूले कार्यक्रम व्यवस्थापन, समन्वय तथा सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।