दुर्घटनामा परेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ घाइते
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेर घाइते भएका छन्। बिहीबार भएको दुर्घटनामा उनी घाइते भएको जानकारी पार्टीका नेता सुदन किरातीले दिएका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै किरातीले उक्त घटनाले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्। उनले साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
किरातीका अनुसार अध्यक्ष साम्पाङ चाँडै नै नियमित दैनिकीमा फर्किनेछन् र पहिलेजस्तै सक्रिय रहनेछन्।
उनले श्रम संस्कृति पार्टीका कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई अत्यधिक चिन्ता नगर्न आग्रह गर्दै अध्यक्ष साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।


