रास्वपाको ‘नीलो क्रान्ति’ धेरै दिन टिक्दैन, हामी ‘हरित क्रान्ति’ गर्छौं: कुलमान घिसिङ

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको आर्थिक र सामाजिक अवस्था बदल्नका लागि अब आफ्नो पार्टीले ‘हरित क्रान्ति’ गर्ने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विगतका राजनीतिक क्रान्तिहरूले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरे।

उनले हिजोका दिनमा विभिन्न नाममा भएका आन्दोलनले राजनीतिक परिवर्तन मात्रै ल्याएको बताउँदै अब देशको समग्र स्थिति परिवर्तन गर्न हरित क्रान्ति आवश्यक रहेकोमा जोड दिए।

“उज्यालो नेपाल पार्टीले नेपालमा अब हरित क्रान्ति गर्छ। अब हरित क्रान्ति गर्छौं हामी,” घिसिङले भने, “हिजो धेरै क्रान्तिका नाममा राजनीतिक परिवर्तन भए। सेतो क्रान्ति भनेर परिवर्तन भए, रातो क्रान्ति भनेर परिवर्तन भए, १० वर्षे जनयुद्ध भयो। तर, तिनले देशको आर्थिक स्थिति बदल्न सकेनन्।”

अध्यक्ष घिसिङले हालैका राजनीतिक घटनाक्रम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयतर्फ सङ्केत गर्दै उनीहरूको राजनीतिक एजेन्डा लामो समय नटिक्ने दाबी समेत गरे। पछिल्लो ‘जेनजी’ आन्दोलनभन्दा अगाडि रास्वपाले ‘नीलो क्रान्ति’ को नारा अघि सारेको स्मरण गर्दै उनले त्यसको आयु छोटो रहेको दाबी गरे।

उनले थपे, “जेनजी आन्दोलनका बेला त्यो भन्दा अगाडि स्थापित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले नीलो क्रान्ति भनेर भन्नेभयो। तर, रास्वपाको नीलो क्रान्ति धेरै दिन टिक्दैन। त्यसैले अन्तिमको क्रान्ति भनेको यो हरित क्रान्ति नै हो।”

आफ्नो पार्टीले अघि सार्ने हरित क्रान्तिले देशको उत्पादन, रोजगारी र पर्यावरणलाई मुख्य प्राथमिकतामा राखेर आर्थिक आत्मनिर्भरताको बाटो पहिल्याउने दाबी समेत उनले गरे।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖